२२ कात्तिक ०७७, स्याङ्जा।
सुभ दिपावली एवंम छठको अबसरमा राम्धी धाम गुरुकुलमा रहेका बिद्यार्थी र वृद्ध आमा बुवाहरुलाई बिश्व हिन्दु युवा संघ स्याङ्जा द्वारा फलफुल बितरण गरेको छ। कार्यक्रमको सभापतित्व बिश्व हिन्दु युवा संघ स्याङ्जाका अध्यक्ष नबराज पौडेलले गरेका थिए।
कार्यक्रममा प्रमुख अथिती भीरकोट नगरपालिकाका प्रबक्ता तथा वार्ड न.१ का वार्ड अध्यक्ष दिपेन्द्र केसिले गर्नु भएको उक्त कार्यक्रममा अतिथिहरुमा बिश्व हिन्दु युवा संघका केन्द्रिय सदस्य दण्डपानी पङेनी, चैतण्य कृष्ण महाराज, यस्तै अतिथि हरुमा पाइलट भरत, थापा,समाजसेबी सुर्य अधिकारी लगायतको उपस्तिथि थिए।
प्रमुख अतिथी दिपेन्द्र केसिले नेपालमा पछिल्लो पटक नेपाल मौलिक संस्कृति माथी अतिक्रमण बददै गयको ,यो जोगाउने काम युवाहरुको काधमा आएको कुरा बताउदै नेपालले पूर्वीय दर्शनलाई अगाले मात्र देशले मुहार फेर्ने र अब पुर्विय दर्सन अगाल्नु पर्न"बताउनुभयो। उहाले भीरकोट नगरपालिकाले राम्धिमा आउने दिनहरुमा जस्तो सुकै सहयोग गर्न परेपनी पछी नहट्ने भरोसा दिनुभएको थियो।
उहाले हाम्रो सनातन देखि चली आएको संस्कृतिलाई जगेर्ना गर्न पर्ने साथै संस्कृत भाषालाई पनि संरक्षण गर्न पर्ने कुरा बताउनुभयो।प्रमुख अतिथि केसिले आफ्नी श्रीमतीको जन्म दिनको अबसरमा गुरुकुल र वृद्ध आश्रममा गरेर रु. २० हजार सहयोग गर्नु भयको थियो।आफुले सहयोग गर्न पाउँदा धेरै खुसी लागेको कुरा पनि बताउनु भयो।
"नेपालले योगि नरहरिनाथको देखायको बाटोमा हिंड्न् पर्ने ,बिश्वका ठुला ठुला बिश्वबिधालयहरुले संस्कृत भाषालाई पढाउने गरेको तर हाम्रो यहाँ तेस्तो नहुदा मुलुक पछि परेको छ। हामिले नेपाललाई हिन्दु रास्ट्र बनाउन पर्ने कुरा बताउदै पुर्बिय दर्शनलाई हामिले प्रयोगमा ल्याउनु पर्ने र त्यहाँ बाट नै हाम्रो आर्थिक उतरोन्नती हुने" धारणा कार्यक्रमका विशिष्ट अतिथि चैतण्य कृष्ण महाराजले राख्नुभएको थियो। साथै बिश्व हिन्दु युवा संघले देशभरी रचनात्मक कार्य हरु गरेको देख्दा खुसी लागेको कुरा बताउनु भयो।
कार्यक्रममा विशिष्ट अतिथी दण्डपानी पङेनीले पनि नेपाल हिन्दु रास्ट्र हुनु पर्छ ,हाम्रा लोक संस्कृतिलाई जोगाउन पर्ने मा जोड दिनु भयो।
कार्यक्रमका सभापती नबराज पौडेलले बिश्व हिन्दु युवा संघ स्याङ्जाले पूर्वीय दर्शनको बारेमा जनता माझ लैजाने कुरा बताउनु भयो। देशका विभिन्न ठाँउहरुमा हिन्दु मठ मन्दिरमा चोरी ,हिन्दु माथी भएका अतिक्रमण अब सहेर नबस्ने कुरा बताउनु भयो। राम्धी धाम को बिकासको निम्ति सधै हातेमालो गर्ने गर्ने भन्ने कुरा बताउनु भयो।
स्वागत मन्तव्य कौशीक माहारज ले गरेको उक्त कार्यक्रमको सन्चालन बिश्व हिन्दु युवा संघ स्याङ्जाका सक्रिय युवा दिक्षान्त प्रताप खाँणले गर्नु भएको थियो। कार्यक्रममा अन्य अतिथिहरुले पनि पूर्वीय दर्शनको बारेमा जोड दिनुभयको थियो।
0 Comments